राजनीति

परराष्ट्रमन्त्री थापा भारत प्रस्थान

सुष्मा स्वराजसहित उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा। फोटोः नारायण न्यौपाने/रासस
जेठ २८, २०७३

    काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ। 

    भारतमा रहँदा परराष्ट्र मन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

    नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रासससँग गर्दै उहाँले भन्नुभयो – “दुई दिने भारत बसाइमा भारतको नेतृत्व तह र पदाधिकारीहरुसँग दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा विचारको आदानप्रदान हुनेछ।” 

    उपप्रधानमन्त्री थापा आगामी आइतबार स्वदेश फर्कनुहुनेछ। उहाँको बिदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा नेपालका लागि भारतीय राजदूत रणजीत राय विमानस्थल पुग्नुभएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]