विश्व

बङ्गलादेशमा बढ्दैछ हिन्दू धर्मावलम्बीको हत्या, यो सातामात्र दुई पुजारीको हत्या

बंगलादेशमा ब्लगरमाथि भएको हत्याको विरोधमा भएको प्रदर्शनको फाइल फोटो। स्रोतः bbc.com
जेठ २८, २०७३

    ढाका : बङ्गलादेशमा पछिल्लो समयमा यहाँ रहेका अल्पसङ्ख्यक हिन्दू धर्मावलम्बीको हत्याको शृंखलामा व्यापक मात्रामा बृद्धि भएको समाचार छ। 

    शुक्रबारमात्र पनि एकजना हिन्दू धर्मका पुजारीको हत्या भएको छ। उनी बङ्गलादेशमा हिन्दू धर्मका मठ मन्दिरमा पाठपूजाको काम गर्थे।

    अज्ञात व्यक्तिको एक समूहले ६२ वर्षीय ती पुजारी नित्यरन्जन पाण्डेको शुक्रबार बिहान हत्या गरेका हुन्। उत्तरपश्चिमी बङ्गलादेशको पबना जिल्लामा आफ्नै घर नजिकै उनको हत्या गरिएको हो। 

    मधुमेहका रोगी भएकाले उनी हरेक दिन बिहानको समयमा घर वरिपरिको क्षेत्रमा हिँड्ने गर्थे। शुक्रबार पनि एका बिहानै मर्निङ वाकका लागि निस्किएका उनलाई हत्या गरिएको प्रहरीले बताएको छ। 

    मर्निङ वाकका क्रममा उनलाई आक्रमणकारीहरुले धारिलो हतियारले घाँटी छिनाएर हत्या गरेका थिए। 
    अहिलेसम्म पनि उनको हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन। तर यस हत्यामा मुस्लिम अतिवादीको हात रहेको प्रहरीलको अनुमान छ। 

    किन बढ्दैछ हत्या?

    बङ्गलादेशमा क्रिश्चियन र हिन्दू धर्मका अल्पसङ्ख्यक नागरिकको हत्याको शृंखला पछिल्लो समयमा बढ्दो मात्रामा रहेको छ। उक्त हत्याहरुमा मुस्लिम अतिवादी सङ्गठनका विद्रोहीको सम्लग्नता रहेको पनि प्रहरीले जनाएको छ। 

    गत मङ्गलबार मात्र पनि अर्का एकजना हिन्दू पुजारी यसैगरी मारिनुभएको थियो। पश्चिमी बङ्गलादेशमा गएको मङ्गलबार मात्र हिन्दू धर्मका पुजारी मारिएको खबरमा जनाइएको थियो। 

    अज्ञात आक्रमणकारीले ७० वर्षका ती हिन्दू पुजारीको हत्या गरेका हुन्। बङ्गलादेशमा अल्पसङ्ख्यक धार्मिक व्यक्तिको हत्या गर्ने क्रममा उहाँ पनि शिकार बन्नु परेको प्रहरीले जानकारी दिएको छ। 

    हत्या भएका पुजारी आनन्द गोपाल गंगुली रहेका छन्। उनलाई आफ्नो घर बङ्गलादेशको जेनिदाह जिल्लाको नोलदांगामा हत्या गरी नजिकैको खेतमा फालिएको बताइएको छ। 

    यसरी मारिनेमा यसअघि पनि बङ्गलादेशमा बसोबास गरिरहेका विभिन्न धर्मका व्यक्ति परेका थिए। पछिल्लो समयमा यहाँ मुस्लिम अतिवादीहरुले यसरी फरक धर्मका व्यक्तिको हत्या गर्ने गरेका छन्। 

    यता प्रहरीले पनि यसरी अल्पसङ्ख्यक धार्मिक व्यक्तिमाथि गर्ने गरेका हत्यामा सम्लग्नहरुको खोजी र उनीहरुमाथि कडा कारबाहीलाई जारी नै राखेको छ। 

    प्रहरीले गत वर्ष मात्र बङ्गलादेशमा रहेको एक क्रिश्चियन चर्चमा हमला गर्ने एकजना मुस्लिम अतिवादी व्यक्ति प्रहरीको कारबाहीका क्रममा मारिएको बताएको थियो। 

    आफ्नो भूमिगत नाम कावसर राखेको उक्त व्यक्ति बुधबार बिहान अकस्मात भेटिएको र उसले प्रहरीमाथि गोली प्रहार गरेको जनाइएको थियो। त्यसको विरुद्ध प्रहरीले गरेको जवाफी फायरका क्रममा उसको ज्यान गएको हो। 

    बङ्गलादेशमा हालैका दिनहरुमा आक्रमण गरी अल्पसङ्ख्यक हिन्दू एवम् मुस्लिम धर्माबलम्बीहरुको ज्यान लिने गरिएको छ। पछिल्लो समयमा यस्ता अतिवादीहरुको निशाना यहाँका हिन्दू धर्मावलम्बीहरु परेका छन्। 

    प्रहरीले यसरी हत्यामा सम्लग्न हुनेमा जैमेतुल मुजाहिद्दिन बङ्गलादेश नामक समूहमाथि आशङ्का गर्ने गरेको छ। त्यस संगठनका सदस्यहरु यस्ता काममा सहभागी भएका पाइएको प्रहरीले पत्ता लगाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]