काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
काठमाडौं : पशुपति क्षेत्रमा उपहार तथा फूल पसलबाट झन्डै १० वर्षदेखि उठ्न नसकेको करिब रु ९२ लाख रकम उठ्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आनन्दप्रसाद पोखरेलको अध्यक्षमा बसेको बैठकमा पशुपतिनाथ मन्दिरको बाहिर रहेका उपहार सामग्री पसल राख्नका लागि लागि भएको सम्झौताअनुरुप रकम सङ्कलन हुने सहमति भएको हो।
कोष र व्यवसायीबीचको सम्झौतामा उपहार सामग्री पसलका लागि मासिक रु दुई हजार ८०० र फूल व्यवसायीका लागि मासिक रु ८०० तिर्नु सहमति भएको हो। पसल राखेको झन्डै १० वर्ष बितिसक्दा पनि व्यवयासीले कोषलाई शुल्क बुझाएका थिएनन्। कोषले गरेको सम्झौता महँगो भएको भन्दै व्यवसायीले कम गर्नुपर्ने माग अघि सार्दै आएका थिए।
सम्झौताअुनसार उपहार पसलले मासिक रु एक हजार ५०० तिर्नुपर्ने सम्झौताअनुसार प्रत्येक वर्ष १० प्रतिशत वृद्धि गर्दा तीन हजार ६०० हुने भए पनि सहमति गर्दा रु दुई हजार ८०० निर्धारण र फूल पसलको सम्झौता गर्दा रु एक हजार गरिएको भए पनि सहमति गर्दा रु ८०० निर्धारण गरिएको हो।
मन्त्री पोखरेलले कोष र व्यवसायीबीच विवाद नगरी लामो समयदेखिको समस्यालाई समाधान गर्न सहमतिबाटै निकास खोज्ने प्रयत्न गरेपछि दुई पक्षबीच सहमति भएको थियो।
बैठकमा अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्नका लागि भकुन्टोल र बज्रघर वरपर रहेको पार्किङ हटाई वनकाली मन्दिर दक्षिणपट्टि खाली चौर र माधवराज स्मृति सुमार्गी भवनको पश्चिमपट्टि राख्ने सहमति भएको छ।
कोषका सदस्य–सचिव डा गोविन्द टन्डनले लामो समयदेखि व्यवसायीले तिर्न बाँकी बक्यौता रकम करिब रु ९२ लाख उठ्ने र पार्किङ व्यवस्थित गर्ने सम्झौता भएको जानकारी दिनुभयो। पशुपति मन्दिर आसपासमा करिब १६६ पसल रहेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।