मनोरञ्जन

आर्ट काउन्सिलमा शान्ति र सद्‍भावका चित्र प्रदर्शनी

जेठ ३१, २०७३

    काठमाडौं : ‘शान्ति र सद्भाव–२’ शीर्षककमा ७२ जना कलाकारका चित्र प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। दोलखाको गैरीमुदीमा ‘मा नामको ग्रामीण ललितकला केन्द्र’ निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले गरिएको प्रदर्शनीमा नेपालका नाम चलेका प्रायजसो सबै कलाकारका कलाकृति राखिएको छ।

    हिमालयन कला तथा संस्कृति फाउन्डेसनको आयोजनामा गरिएको तीन दिनसम्म रहने सो प्रदर्शनीको सोमबार एमाले नेता तथा पूर्वसंस्कृति मन्त्री प्रदीप ज्ञवालीले एक समारोहका बीच उद्घाटन गरेका थिए। पवित्र उद्देश्यले गरेको यो प्रदर्शनीले कुनै पनि दिन यस्तै प्रदर्शनी हेर्ने अवसर दोलखामा छिट्टै मिल्ने विश्वास व्यक्त गरे। ज्ञवालीले थप, ‘यस प्रदर्शनीले ललितकलाको दुईवटा विधा सुर र चित्रको संयोजन अत्यन्त सुमधुर लाग्यो।

    सो प्रदर्शनीको अवसर पारेर गायक शिशिर योगीले राष्ट्रिय भाव बोकेका सातवटा गीत समेत गाएका थिए। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले प्रदर्शनीले नेपाली कलाको विकासमा एउटा इँट्टा थपेको बताइन्। 

    प्रदर्शनीमा मनुजबाबु मिश्र, शशी शाह, विजय थापा, कृष्ण मानन्धर, रागिनी उपाध्याय,शंकरराज सिंह सुवाल, केके कर्माचार्य, किरण मानन्धर, राधेश्याम मुल्मी, हरिबहादुर खडका, शान्त कुमार राई, उमेश श्रेष्ठ, नवेन्द्र लिम्बु, सिर्जन राजभण्डारी, राजन काफ्ले, सुषमा राजभण्डारी, नारदमणि हार्तम्छाली, एससी सुमन, उत्तम डंगोल लगायत कलाकारका कलाकृति राखिएको छ।

    २५६० औं बुद्ध जयन्तीको अवसर पारेर गरिएको सो प्रदर्शनीमा बुद्धका विभिन्न भावभंगीमा दर्शाउने चित्र तथा केही मूर्ति समेत राखिएको छ। कला प्रदर्शनीले नेपाली कला जगतलाई केन्द्रबाट गाउँतिर विकेन्द्रित गर्न सघाऊ पुग्ने प्रदर्शनीका संयोजक तथा फाउन्डेसनका अध्यक्ष उमेश श्रेष्ठले बताए।

    उनले भने, ‘समाजमा कलाको मूल्य र मान्यतालाई स्थापित गर्दै नेपाली कला र कलाकारको विकास गर्ने उद्देश्यका साथ यो प्रदर्शनी गरिएको हो। यसमा राष्ट्रका सकेसम्म सबै अग्रज कलाकारलाई सहभागी गराइएको छ। यसले स्थानीयस्तरसम्म कलाको विकासमा महत्वपूर्ण सघाऊ पुग्ने आशा गर्न सक्छौं।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]