खेलकुद

बोलिभियालाई हराउँदै अर्जेन्टिना बन्यो समूह विजेता

फोटो : heavy.com
असार १, २०७३

    अर्जेन्टिनाले बुधबार बोलिभियालाई ३-० ले हराएपछि कोपा अमेरिकामा समूह डी को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ। समूह चरणमा शत प्रतिशत जित निकाल्ने क्रममा अर्जेन्टिनाका इरिक लामेला, एजेक्विल लाभेजी र भिक्टर कोस्टाले गोल गरे।

    खेलको १३ औं मिनेटमा लामेलाले फ्रिकिक गोल मार्फत अर्जेन्टिनालाई अग्रता दिलाए। बोलिभियन खेलाडीले लाभेजीमाथि डि एरिया भन्दा थोरै बाहिर गरेको फउलमा पाएको फ्रिकिकको सदुपयोग गर्दै लामेलाले बललाई जाली चुमाए। दोश्रो गोल १५ औं मिनेटमा लाभेजीले नै गरे। गोञ्जालो हिग्विनको हेडर बललाई लाभेजीले विस्तारै पञ्च गर्दै बललाई गोलपोस्टको दिशा दिए। अर्जेन्टिनाले तेश्रो गोल भने खेलको ३२ औं मिनेटमा गर्‍यो।

    लाभेजीको क्रसमा भिक्टर कोस्टाले गोल गरे। खेलको पहिलो हाफमा अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेसी वेञ्चमा बसेका थिए। तर दर्शकहरुले मेसी मेसी भन्दै हुटिङ गरेका थिए। अर्जेन्टिनी प्रशिक्षकले दर्शकहरुको मागको संबोधन गर्दै दोश्रो हाफमा मेसीलाई गोञ्जालो हिग्विनको ठाउँमा मैदान प्रवेश गराएका थिए। तर मेसीले खेलमा कुनै चमत्कार गर्न सकेनन् फलस्वरुप दोश्रो हाफमा नतिजामा फेरबदल आएन।

    अर्जेन्टिनाले यसवर्षको कोपा अमेरिकामा समूह चरणका सबै खेल जितेको छ। उसले चिलीलाई २-१ ले र पानामालाई ५-० ले हराएको थियो।

    अर्जेन्टिनाले क्वार्टर फाइनलमा समूह सी को उपविजेता भेनेजुयलालाई प्रतिद्वन्द्वी पाएको छ। त्यस्तै समूह डी को उपविजेता चिलीले क्वार्टर फाइनलमा मेक्सिकोसँग भिड्ने भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]