काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
काठमाडौं : नेपाल प्रेस इन्स्टिच्यूटको एघारौं साधारणसभा आइतबार सम्पन्न भएको छ। सभाले नेपाली पत्रकारहरुको सीप र दक्षताको विकासका लागि संस्थाले परिमार्जनसहित कार्यक्रमअगाडि ल्याउने निर्णय गरेको छ।
नेपालमा व्यावसायिक पत्रकारिताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०४२ मा स्थापित नेपाल प्रेस इन्स्टिच्यूटले नेपालको नयाँ संविधानलाई व्यवहारमा रुपान्तरण गर्न अभिव्यक्ति स्वतन्त्रतालाई अझ व्यापक बनाउने कानुनहरुको निर्माण हुने अपेक्षा गरेको छ।
साधारणसभाले कार्यसमितिको सदस्यमा निलकण्ठ उप्रेती, तीर्थ कोइराला, पुष्कर माथेमा, लक्ष्मण उप्रेती, लक्ष्मण हुमागाईँ, नीता सापकोटा, मण्टेश्वरी राजभण्डारी, कपिल काफ्ले र गंगा देवी गुरुङलाई चयन गरेको छ। पदाधिकारीको चयन सदस्यहरुबाट हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।