समाज

प्राध्यापकले नै क्याम्पसमा ताला लगाए

असार ७, २०७३

    सिन्धुली : सिन्धुली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। 

    गत फागुन महिनादेखि नै तलब नपाएको भन्दै क्याम्पस प्रमुखको राजीनामा माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन्। 

    क्याम्पस एकाइका अध्यक्ष टीकाबहादुर थापाले क्याम्पसमा शैक्षिक समस्या लामो समयदेखि रहेको, कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोषको रकम नआएको, प्राध्यापक तथा कर्मचारीले गत फागुन महिनादेखि नै तलब खान नपाएको लगायतका समस्या समाधान गर्न क्याम्पस प्रमुख उदासिन देखिएकले उहाँको कार्यकक्षमा अनिश्चित तालाबन्दी गरेको बताए।  

    पठनपाठन बन्द गर्नका लागि तालाबन्दी गरेको नभई समस्या समाधानका लागि क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेको कार्यकक्षमा तालाबन्दी गरेको उनको भनाइ छ । 

    प्राध्यापकले क्याम्पसको प्रशासन कक्षमा पनि तालाबन्दी गर्न खोजेको भएपनि विद्यार्थीले प्रशासन कक्षमा ताला लगाउँदा पठनपाठन रोकिएमा ताला फोडीदिने चेतावनी दिएपछि प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा मात्र ताला लगाएका हुन् । 

    क्याम्पस प्रमुख मीनप्रसाद घिमिरेले समस्या समाधानका लागि छलफल गर्न आफू तयार रहेको र सम्बन्धित निकायमा कुरा पुर्‍याई समस्याको समाधान गर्न लागि परेको बताए। राजीनामा दिँदैमा समस्याको समाधान ननिस्कने र आफ्नो ठाउँमा भोलि अर्को व्यक्ति आए पनि उस्ले पनि केही गर्न नसक्ने उनको भनाइ छ। 

    अहिले प्राध्यापक क्याम्पस सिध्याउने खेलमा लागेको स्थानीय अभिभावक तथा विद्यार्थी सङ्गठनले गुनासो गरेका छन्। क्याम्पसले क्युएए स्तरीयताको प्रमाणपत्र पाएकाले विद्यार्थीले दुई वर्षदेखि कुनै पनि विरोधका काम गरेका छैनन्। 

    अहिले प्राध्यापकले तालाबन्दी गर्नु भनेको क्युएए भत्काउन र क्याम्पस सिध्याउने रणनीति रहेको विद्यार्थी सङ्गठनले बताएका छन्। 

    क्याम्पसको आर्थिक समस्याका कारण विद्यार्थीले विगत तीन वर्षदेखि आफूले पाउनु पर्ने छात्रवृत्ति समेत नपाइरहेको अवस्था रहे पनि क्याम्पसका हितका लागि हालसम्म कुनै पनि विरोधका काम नगरेको विद्यार्थी सङ्गठनको भनाइ छ। 

    प्राध्यापकले सोमबार बिहान ७ बजेदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा गरेको तालाबन्दीलाई खुलाउन अहिलेसम्म कुनै पनि पहल भएको छैन। 

    अबको एक दुई दिनसम्म पनि प्राध्यापकले ताला नखोले विद्यार्थीले फोडी दिने बताएका छन् । क्याम्पसको समस्या समाधान क्याम्पस प्रमुखको राजीनामाले समाधान नहुने उनीहरुको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]