बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
कोसी किनारका बस्ती डुबानमा
काठमाडौं : मनसुन सक्रिय हुँदा मंगलबार देशभर वर्षा भएको छ। देशभरका प्रायः ठाउँमा मौसम बदली भएर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
असार १ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन सोमबार राति सक्रिय हुँदा वर्षा भएको विभागले जनाएको छ। मनसुन अहिले केन्द्रीय स्थानमा आइपुगेको महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिए।
‘पश्चिमको धेरै ठाउँमा भारी वर्षा भएको छ। मनसुन सक्रिय भएका कारणले वर्षा भएको हो। अझै केही दिन वर्षा हुने सम्भावना छ’,रिमालले भने।
मौसमविद रिमालका अनुसार मंगलबार पूर्वको कन्काई नदी, पश्चिमको बबई नदी र पश्चिम राप्तीमा बढी वर्षा भएको छ। मंगलबार बेलुकीसम्म महाशाखाका मौसमविद् वरुण पौडेलले दिएको जानकारी अनुसार पूर्वको कन्काई नदीमा १४७ मिलिमिटरसम्म पानी परेको छ भने पश्चिम राप्ती क्षेत्रमा ११० र बबईमा १२२ मिलिमिटर पानी परेको छ।
विभागका अनुसार काठमाडौंमा ३९ मिलिमिटर, धनगढीमा ८८ मिलिमिटर, विराटनगरमा ६२ मिलिमिटर, धनकुटामा ४७ मिलिमिटर, सिमरामा २९ मिलिमिटर पानी परेको छ। मंगलबार राति पनि पूर्व र मध्यका धेरै स्थानमा पानी पर्ने मौसमविद पौडेलले जानकारी दिए।
‘भारी मात्रामा वर्षा भएका कारण बाढी आउन सक्ने सम्भावना रहेकाले हामीले सम्बन्धित निकायमा खबर गरिसकेका छौँ’, उनले भने, ‘मनसुन सक्रिय भएको छ। अझै केही दिन भारी वर्षा हुने देखिएको छ।’ वर्षाका कारण सुनसरीको इटहरी, धरान लगायतका क्षेत्रका केही भाग डुबानमा परेका छन्।
‘मनसुन सक्रिय हुँदा देशका अधिकांश भूभागहरुमा वर्षा भएको र मूलतः पूर्वी र पश्चिम भेगका केही स्थानहरुमा भारी वर्षा समेत भएको छ। आज राती पनि देशका प्राय भूभागहरुमा वर्षा भै मध्य र पूर्वी भेगका केहि स्थानहरुमा भारी वर्षा हुनेछ’, मंगलवार साँझ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘भोलि पनि वर्षाको गतिविधि सक्रिय नै रहने देखिन्छ तर, तुलनात्मक रुपमा अधिकांश स्थानहरुमा वर्षाको मात्रा आजको भन्दा कम हुने देखिन्छ। तथापी पूर्व तथा पश्चिमका एक दुई स्थानहरुमा भने भारी वर्षा हुने सम्भावना छ।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।