राजनीति

रामचन्द्र पौडेल भन्छन् : सत्तारुढ दल संविधान कार्यान्वयन भन्दा सत्ता जोगाउन लागे

असार ८, २०७३

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलहरु संविधान कार्यान्वयनभन्दा सत्ता जोगाउन लागेको आरोप लगाएका छन्। व्यवस्थापिका–संसद्को बुधबारको बैठकमा उनले स्थानीय निकायको निर्वाचन नयाँ संविधानको संरचनाअनुसार हुनुपर्ने भन्दै निर्वाचनसित आफ्नो पार्टी नडराउने स्पष्ट पारे।  

    वरिष्ठ नेता पौडेलले भूकम्पपीडित जनता अहिले पनि खुल्ला आकासमुनि बस्न बाध्य भइराखेको भन्दै आवास निर्माणका लागि दिने भनेको २ लाख रुपैयाँ अनुदान तत्काल दिन आग्रह गरे। उनले अफगानिस्तानमा भएको हमलामा मृत्यु भएका १२ नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

    सांसद् सुशीला नेपालले कपिलवस्तुमा जेठ ३० गते अपाङ्ग महिलामथि भएको अमानवीय व्यवहारप्रति छानबिन गर्न माग गर्दै दोषीलाई कारबाहीको माग गरिन्। सांसद कमला दोङले सत्य निरुपण आयोग, बेपत्ता परिवार छानबिन आयोगले के काम गरिरहेको छ ? यसका बारेमा सदनलाई जानकारी गराउन माग गरिन्। 

    सांसद भक्तबहादुर विश्वकर्माले अफगानिस्तानमा आतङ्ककारी समूहको आततायी घटनामा परी मृत्यु भएकाहरुको शव उनीहरुकै घरमा पुर्‍याउने व्यवस्था गर्न, उनीहरुले पाउने सुविधा छिटो प्राप्तिका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए।  

    सांसद हरिशचरण साहले संविधान कार्यान्वयनमा प्रमुख दलहरुका नेताहरु नै गम्भीर बन्न नसकेको बताए।  

    सांसद इन्द्रबहादुर बानियाँले असार सुरु भएपछि वर्षातसँगै विकासका नाममा पैसा सिध्याउने काम अन्त्य हुनुपर्ने माग गर्दै मकवानपुरका भूकम्पपीडितले राहत नपाएको गुनासो गरे।  

    सांसद चण्डीप्रसाद राईले मङ्गलबार परेको अबिरल वर्षात्ले देशका विभिन्न स्थान डुबान परेकामा सरकार र सदनको सांसद दुर्गा पौडेलले राष्ट्रिय जनमोर्चाले संविधान प्रदत्त अधिकार उपयोग गरी आन्दोलनमा गएको बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]