समाज

लोकप्रिय बन्दै मौरी छोप्ने पासो

भदौ ३१, २०७५

    बागलुङ : बागलुङको काठेखोला७ रेशका किसानहरूले अपनाएको मौरीको पासो पछिल्लो समय लोक प्रिय बन्दै गएको छ। घर पालेका मौरी भागेर जंगलमा जाने क्रममा बस्ने बासस्थानको पहिचान गरी भीर पहरामा थापिने पासो लोकप्रिय बन्न थालेको हो।

    मौरीको आनिवानी र रहन सहन बुझेका किसानहरूले थापेको पासोमा घरबाट भागेका मौरी बस्न थालेपछि पासो प्रभावकारी देखिएको हो। गर्मी मौसममा एउटै घारमा पालिएका मौरी छुट्टिएर भाग्ने तथा परम्परागत रूपमा घरमा पालिका मौरीलाई अन्य जीवजन्तुले आक्रमण गर्दा भाग्ने मौरीलाई जंगलमा थापिएको पासोले पुनः घर फर्काउने गरेको काठेखोला७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले बताए। किसानहरूले परम्परागत मौरी पासोबाट राम्रो आयआर्जन गर्नसमेत सफल भएका छन्।

    घारबाट भाग्ने अधिकांश मौरीहरू चिसो ठाउँ भएको भीर पहरामा गएर बस्ने भएकाले स्थानीयले उनीहरूलाई नियन्त्रण गर्नका लागि पासो थाप्ने गरेका छन्। बाहुरीको बासस्थान परम्परागत रूपमा घरमा तयार गरेका मौरी घारहरू सोही ठाउँमा लगेर राख्ने गरेका छन्। यो विधि हाम्रा बाउबाजेले गर्दै आइरहेको विधि होस्थानीय शिक्षक युवराज गौतमले भने घरबाट भागेर जाने मौरी सिधै भीर पहरामा गएर बस्ने भएकाले त्यही गाउँलेले घार लगेर राख्छन् मौरीले जसको घार मन पराएर त्यहाँ बस्छ उसैले घरमा ल्याएर पाल्ने गर्दछन्।

    मौरीले एकपटक मन पराएर रोजेको घार लामो समयसम्म नछाड्ने भएकाले अधिकांश स्थानीयले मौरीले मन पराउँने गरी घार तयार गरेर भीर पहरामा लगेर राख्ने गर्दछन्। स्थानीयले अहिले पनि गर्मी छल्न साँघुखोलालगायतका क्षेत्रमा रहेका भीर पहरामा पुग्ने मौरीलाई नियन्त्रण गर्नका लागि दर्जनौँ घारहरू भीर पहरामै राखेका छन्।

    रेशका स्थानीय रनबहादुर कार्कीले आफ्ना बाबुबाजेले गर्दै आइरहेको यो विधिलाई आफूले पनि निरन्तरता दिएको बताए। बजारमा स्थानीय तहमा उत्पादन भएको महको माग अत्याधिक भएकाले परम्परागत विधिबाटै मौरीपालन गरिरहेको कार्कीले बताए। घरभरी दर्जन बढी परम्परागत मौरीका घार रहेका कार्कीले महबाट राम्रो आम्दानी हुने गरेको बताए। गाउँभर परम्परागत मौरीपालन गर्नेहरूको संख्या बढी भएकाले गर्मीका बेला तल्लो भेलका मौरी भागेर माथिल्लो भेगमा र जाडोका बेला माथिका मौरी तल्लो भेगमा आउने भएकाले सोहीअनुसार पासो बनाएर मौरी समात्ने गरेको कार्कीले बताए। उनको घरमा रहेका सबै मौरीका भीर पहरामै थापेको पासोमा परेको उनको भनाई थियो।

    रेशका साँघुखोला, डोहोटालगायत क्षेत्रका भीर पहरामा मौरीहरू बढी मात्रामा आउने गरेकाले उक्त स्थानमा घार राख्न स्थानीयहरू बढी इच्छुक हुने गरेको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए। उक्त स्थानलाई वार्षिक भाडा तिरेर मौरीका घार राख्न रेश बाहिरका मानिसहरू इच्छुक भए पनि त्यो सम्पत्ति स्थानीयको भएकाले अरूलाई नदिइएको लामिछानेले बताए। आफूहरूले उत्पादन गरेको मह प्रतिकेजी दुई हजार रुपियाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेको र स्थानीय परम्परागत घारमा पालिएका मौरीबाट राम्रो मह उत्पादन हुने भएकाले परम्परागत मौरीपालनमै व्यस्त हुने गरेको स्थानीय किसान मित्र कार्कीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]