काठमाडौं : नेपालीको श्रम गन्तव्य मुलुक मलेसियाले यही वैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ। के...
काठमाडौं : सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ।
साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि छ वर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको समाचार कारोबार दैनिकमा छ। पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन्।
पुनरावालेकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ। अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर एक हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन्।
श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागु गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दुतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।