काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको वीरेन्द्र हिमताल फुटेको छ। मनास्लु हिमालको बेसक्याममा हिमपहि...
काठमाडौं : नेपाल मिडिया सोसाइटीले सरकारद्वारा गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको नयाँ तलबमान अव्यावहारिक भएको भन्दै विरोध जनाएको छ।
समितिले हालै पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५०० रुपैयाँ तोकेकोमा सोसाइटीले विरोध जनाएको हो। नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। सोसाइटीले राजनीतिक कार्यकर्ता भर्तीकेन्द्रका रूपमा परिणत भएको भन्दै न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजीको माग पनि गरेको छ।
'राज्य श्रमजीवी पत्रकारहरुप्रति साँच्चिकै संवेदनशील छ भने जहाँ श्रमजीवीले काम गर्छन्, ती उद्योग वा संस्थालाई बलियो र सबल बनाउने नीति, कार्यक्रम र सहयोग उपलब्ध गराएर मात्र सम्भव हुन्छ। अन्यथा, सरकारले कुनै सस्तो लोकप्रियताका लागि जारी गर्ने अवस्तुवादी र मिडिया संस्थाविरोधी निर्देशनबाट स्थिति झन् तनावपूर्ण बन्नेबाहेक हुँदैन भन्ने कुरा सम्बन्धित सरोकारवालाले समयमै सोच्न सक्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ।
समितिले गरेका यस्ता किसिमका कुनै पनि शर्त वा सिफारिस पालना गर्न असमर्थ रहेको सोसाइटीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।