मनोरञ्जन

सिलिगुढीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

जेठ २१, २०७३

    भारत (सिलिगुढी)- सिलीगुढीस्थित कसमस मलमा रहेको आर्टमार्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी शनिबारदेखि सुरु भएको छ । 
    नेपाल, बङ्गलादेश, भारत र भुटानका १६  कलाकार सहभागी रहेको सो प्रदर्शनीको डा. पिडी भुटियाले उद्घाटन गर्दै कलाले मानव जातिलाई समृद्ध पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    नेपालबाट सो प्रदर्शनीमा पाँच कलाकारको सहभागिता रहेको छ । जरा फाउन्डेशन नेपाल, आर्टमार्ट ग्यालरी भारत र  रुट फाउन्डेसन बंगलादेशको संयुक्त आयोजनामा भएको सो प्रदर्शनी सोमबारसम्म रहनेछ । 
    अन्तर्राष्ट्रिय रुपमा संस्कृति मार्फत भाइचारा सम्बन्ध बढाउने उद्देश्यसहित यो कार्यक्रम गरिएको कला, साहित्य, सङ्गीत तथा संस्कृतिका क्षेत्रमा काम गर्ने उद्देश्यसहित नेपालमा स्थापित जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईंले बताउनुभयो । 
    ग्यालरीका सञ्चालक शक्ति शर्माले कला मानव र समाजलाई जोड्ने गतिशील माध्यम रहेको विचार व्यक्त गर्नुभयो । 
    रुट फाउन्डेसन बंगलादेशका अध्यक्ष शेली सेन गुप्ताले मानिस मानिसको बीच भाइचारा सम्बन्धलाई जोड्ने सशक्त माध्यम भनेकै कला र साहित्य रहेको बताउँदै बंगलादेशमा पनि चारै देशका कलाकार र साहित्यकारलाई बोलाएर कला र साहित्यको कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभयो । 
    प्रदर्शनीमा नेपालबाट नरेन्द्रबहादुर श्रेष्ठ, देवेन्द्र थुम्केली, केशवराज खनाल, अनिता खनाल र छितेन शेर्पा, बंगलादेशबाट मोहम्मद कौसर हुसैन र मोहम्मद रसेद अलाम, भुटानबाट पेमा ग्याल्छेन र दोर्जी ग्याल्छेन तथा भारतबाट कौशिक घोष, राजीव बाग, धीरज प्रधान, दीपा राई, रतन भट्टराई, टीका प्रधान र रमेश शाहका कला सिर्जना छन् । सो अवसरमा चारै देशका साहित्यकारले कविता पनि वाचन गरेका थिए ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]