काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौंः नेपाली कांग्रेसको वैचारिक भातृ संगठन प्रजातान्त्रिक विचार समाजको महाधिवेशन उद्घान समारोहमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सञ्चालन विधिको विरोध गरेका छन्।
उनले पार्टी पार्टी विचारले चल्नुपर्ने बताउँदै भने ‘पार्टी विचारले चल्नुपर्छ।’ उनले पार्टी नीति र विचार भन्दा शक्ति प्रयोगबाट चलेको बताउदै भने ‘हतियारले होइन साम दाम दण्ड भेद छलकपट शक्ति प्रयोगले मात्रै राजनीति, पार्टी चल्नु हुन्न।’
पौडेलले पार्टी चलाउन विचारसँगै प्रतिवद्धता नभए समाजलाई अन्यौलमा पार्ने काममात्र हुने बताए।
कार्यक्रममा नेता अर्जुननरसिंह केसीले महाधिवेशनमा पराजित भएकाहरुलाई पनि मिलाएर पार्टी चलाउनुपर्ने बताए। ‘रामचन्द्र पौडेल र म ल्युजर होइनौं, रनर हौं, अब मिलेर जानुपर्छ ।’
उनले महाधिवेशनमा आफूहरु भिन्न रणनीतिबाट आएका भए पनि अब मिलेर जानुपर्नेमा जोड दिदै भने ‘महाधिवेशनमा पौडेल र मैले एउटै रणनीति अपनाएका हौं। जुन जायज थियो।’
पार्टी सभापति शेरबहादुर देउवाले विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन गर्नमा ढिलाई गरिरहेका बेला नेता पौडेल र केसीले असन्तुष्टी जनाए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।