काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। गत मंगलबा...
काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एमाले निकट एनजिओलाई काम दिन खोज्दा पुनर्निर्माणमा ढिलाई भएको आरोप लगाएको छ।
प्राधिकरण निर्देशक समितिको शुक्रबार बसेको बैठकमा २२ बुँदे लिखित असहमति राख्दै कांग्रेसले एमालेले आफु निकटको एनजिओलाई काम दिन अब्यबहारिक र लामो प्रक्रियाबाट अनुदान दिँदा अहिलेसम्म ५ हजार घरले मात्र अनुदान पाएको बताएको छ।
बैठकमा सहभागी कांग्रेस नेता प्रकाशमान सिंहले असहमतिको बुँला पेश गर्दै प्राधिकरणको नेतृत्वले सिर्जनशीलता प्रयोग गर्न नसकेको र एनजिओको पछि लागेको आरोप लगाइएको छ।
कांग्रेसले एमालेका नेताहरुबाट सञ्चालित एनजिओ हर्डलाई डिटेल ड्यामेज सर्वेका लागि ७८ करोड रुपैयाँको काम दिएको, उसले राहत पाउनुपर्ने धेरै मानिसको नाम छुटाएको र अदक्ष प्राविधिकलाई पनि काममा लगाएर अनियमितता गरेको आरोप लगाएको छ।
हेर्नुस् कांग्रेसले राखेको असहमतिको २२ बुँदामा के के छन्?
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।