समाज

हतियारसहित एकजना पक्राउ

असार ११, २०७३

    बुटवल : प्रहरीले हतियारसहित रुपन्देहीको लुम्बिनीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । लुम्बिनीस्थित बुद्ध गार्डेन होटलबाट शुक्रबार राति लुम्बिनी सांस्कृतिक नगरपालिकाको एकला निवासी जमाल मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

    रातिको समयमा हतियारसहित होटलमा बसिरहेका बेला इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले मुसलमानका साथबाट कटुवा पेस्तोल बरामद गरेको छ । उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]