राजनीति

उपप्रधानमन्त्री निधिले भने, 'भारत आमामाथि प्रहार हुँदा नेपाली आमा रुन्छिन्''

कात्तिक १९, २०७३

    जनकपुर : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारत विरोधी गतिविधिका लागि कहिल्यै नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जानकी मन्दिरको दर्शन एवम् पुजापछि आयोजित नागरिक अभिनन्दन कार्यक्रममा गृहमन्त्री निधिले भने, 'भारत आमा रुदाँ नेपाली आमा पनि रुन्छिन् किनकी बेटी- रोटीको सम्बन्ध भएकाले दिदी रुदाँ बहिनी पनि रुन्छे।'

    गृहमन्त्री निधिले नेपाली भूमिमा भारत विरुद्ध हुने कुनै प्रकारको गतिविधि नेपाल सरकारलाई मान्य नहुने बताए।  उनले नेपालको तराई–मधेश क्षेत्र भारतीय उद्योगीका लागि लगानी गर्ने उपयुक्त स्थान भएको बताए। गृहमन्त्री निधिले उद्योग यातायात, कृषि लगायत क्षेत्रमा लगानी गर्न भारतीय उद्योगीलाई आग्रह गरे।

    उनले भारतीय राष्ट्रपतिको प्रशंशा गर्दै अर्थमन्त्री रहँदा समेत मुखर्जीको नेपाल नीति उपयुक्त रहेको बताए। गृहमन्त्री निधिले भारतको पर्यटकीय गाईडमा जनकपुर क्षेत्रलाई समेत समावेश गर्न आग्रह गरे। प्रविधिको युगमा नेपाल र भारतबीच साझेदारीको विकास गर्दै साझा रुपमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]