समाज : सुरक्षा/अपराध

गाडिएको अवस्थामा नवजात शिशुको शव फेला

कात्तिक २०, २०७३

    पर्वत : पर्वत लिमिठाना-८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ। 

    स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव शुक्रबार गाडिएको अवस्थामा भेटिएको हो। क्षेत्रीकी श्रीमती ३१ वर्षीया मीना क्षेत्रीले बच्चालाई जन्म दिई हत्या गरी नजिकैको आफ्नै खेतमा लगेर गाडेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

    मीना क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]