काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
कोलम्बियाले कोपा अमेरिका २०१६ मा तेश्रो स्थान हासिल गरेको छ। नेपाली समय अनुसार आइतबार बिहान तेश्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले १-० ले जित हासिल गरेपछि आयोजक अमेरिकाले चौथो स्थानमा नै चित्त बुझाएको छ।
कोलम्बियालाई जिताउन खेलको ३१ औं मिनेटमा कार्लोस बाकाले गोल गरे। खेलभरी प्रभावशाली प्रर्दशन गरेको अमेरिकाले गोलको अवसर भने सिर्जना गर्न सकेन।
सेमिफाइनल खेलमा अमेरिका अर्जेन्टिनासँग ४-० पराजित भएको थियो भने कोलम्बिया चिलीसँग २-० ले पराजित भएको थियो। खेलमा झगडा गरेपछि अन्तिम समयमा अमेरिका र कोलम्बियाका एक एक खेलाडीले रातो कार्ड पाएर मैदान छाडेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।