बेलायतका पाँचमध्ये एक शिक्षक विद्यार्थीबाट दुर्व्यवहारको शिकार भइरहेका छन् । विद्यालयहरू महामारीपछि विद्यार्थीको व्यवहारमा आएका परिव...
भारतको राजधानी नयाँदिल्लीका उपमुख्यमन्त्री एवं आम आदमी पार्टीका वरिष्ठ नेता मनिष सिदोसिया लगायतका सांसदलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निवास सेभेन रेसकोर्स अगाडि सामुहिक गिरफ्तारी दिन गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ।
गाजिपुर सब्जी मन्डीका प्रमुख सुरेन्द्र गोश्वामीले आफुलाई धम्की दिएको भनेर सिदोसिया विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।
उनले उजुरीमा भनिएको छ 'बिहान आठ बजे मनिष सिदोसिया यहाँ आए। उनले सिदोसियासामु सब्जी मन्डीका समस्याबारे जानकारी गराए। तर सिदोसियाले उनका समस्या सुन्नका सट्टा तानाशाही व्यवहार देखाए।' सुरेन्द्रले सिदोसियाले लाइसेन्स रद्द गरिदिने धम्की दिएको पनि उजुरीमा उल्लेख गरेका छन्।
सुरेन्द्र गोश्वामीले सिदोसिया विरुद्ध उजुरी दिएपछि आम आदमी पार्टीका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना साँधेका छन्।
केजरीवालले ट्विटरमा लेखेका छन् ‘हिजो मनिष सिदोसिया विरुद्ध उजुरी हालियो। मनीष आज सेभेन रेसकोर्स जानेछन् र प्रम अगाडि गिरफ्तारी दिनेछन्।’
त्यस्तै सिदोसियाले पनि प्रधानमन्त्री विरुद्ध आक्रोश पोख्दै ट्विट गरेका छन् ‘मोदीजी, तपाईंको दुश्मनी हामीसँग हो, हामीलाई गिरफ्तार गर्नुस् तर दिल्लीका जनताको काम नरोक्नुस्। हामी सबै तपाई सामु गिरफ्तारी दिन आइरहेका छौं।’
उनले अगाडि भनेका छन् ‘मोदीजी तपाईले संसदलाई गिरफ्तार गरेर चौकीमा राख्नुभएको छ। हामी सबै तिहाड (जेल) जान तयार छौं बस, तर दिल्लीका जनताको काम नरोक्नुस्।’
त्यस्तै सिदोसियाले प्रहरी चौकीबाट ट्विटरमा लेखेका छन् ‘चार घण्टादेखि प्रहरी चौकीमा राखिएको छ। याद राख्नुस् मोदिजी, यदि दिल्लीका काम यसरी रोकेर राखे प्रहरी पनि बोल्नेछन्।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।