‘बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्रा...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन्।
चिसोका कारण छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत पुस २३ गतेदेखि उपचाररत नेता अधिकारीको स्वास्थ्य अवस्थाका बारेमा उनले जानकारी लिए।
अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले नेता अधिकारीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपचारमा संलग्न चिकित्सकसँग पनि आवश्यक परामर्श गरेका थिए।
चिसोले गर्दा अधिकारीको छातीमा सङ्क्रमण भएको र नेता अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। ८३ वर्षीय अधिकारीलाई विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या आएपछि मेडिसिटी अस्पतालमा पटकपटक उपचार भई रहेको छ। उनलाई डा राजेन्द्र रिजालको समूहले स्वास्थ्योपचार गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।