राजनीति

संगठन निर्माण र प्रचार शैली कम्युनिस्टबाट सिकौँ : डा. महत

माघ ५, २०७५

    चितवन : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले संगठन निर्माण र प्रचार गर्ने शैली कम्युनिस्टबाट सिक्नुपर्ने बताएका छन्। नेपाल शिक्षक संघ भरतपुर महानगर कार्यसमिति चितवनको प्रथम स्थानिय प्रतिनिधी सभालाई शनिबार सम्बोधन गर्दै डा. महतले संगठन बलीयो बनाउन कम्युनिस्टबाट सिक्नुपर्ने बताएका हुन्।

    विश्वकै राम्रो विचार लोकतान्त्रिक समाजवादी विचार कांग्रेसको लाइन भए पनि जनतालाई बुझाउन नसक्दा पार्टी कमजोर भएको भन्दै महतले प्रचार शैलीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। कम्युनिस्टहरूले भएकोलाई नभएको जस्तो र नभएकोलाई भएको जस्तै गरी आक्रमक प्रचार गर्ने गरेको उल्लेख गर्दै उनले पार्टिले विगतमा गरेका राम्रा कामको प्रचार गर्न पार्टि कार्यकर्तालाई निर्देशन दिए। कांग्रेसको विचार राम्रो भएकाले प्रचार शैली कम्युनिस्टले जस्तै आपनाए आगामी चुनावमा पहिलो शक्ति बन्ने दावी गरे।

    आगामी १० गत्ते बस्ने बैठकपछि संगठनलाई बलियो बनाउन सदस्यता अभियान, प्रशिक्षण अभियानलगायतका कार्यक्रम देशव्यापी गर्ने बताउँदै पार्टीभित्रका केही गुनासा, समस्या भए पार्टीभित्रै राखेर एकजुट हुन उनले नेता कार्यकर्तालाई आग्रह पनि गरे।

    डा. महतले सरकारले जनमतको दुरुपयोग गरिरहेको आरोप लगाए। निर्वाचन जितेर गइसकेपछि सत्तारुढ दलमा हामीले जे गर्दा पनि हुन्छ भन्ने घमण्ड पलाएको भन्दै उनले जनमतलाई जथाभावी गर्ने लाइसेन्सका रुपमा प्रयोग गरेको टिप्पणी गरे। राज्य संरचना र कर्मचारीतन्त्रलाई कव्जामा लिन खोजेको उनको आराप छ। वाइडवडी प्रकरणमा पार्टी सभापति देउवालाई जवरजस्ती विवादमा तानेको भन्दै उनले सरकारप्रति आक्रोस पोखे।

    यस्तै डा. महतले क्षमता, अनुभव र योग्य रहेका शिक्षकमाथि सरकारले राजनीतिक प्रतिशोध साध्न सक्ने आशंका व्यक्त गर्दै शिक्षकको समस्यालाई पार्टीले नजिकबाट हेरिहकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]