समाज : सुरक्षा/अपराध

ठमेलको डान्सबारमा कुटाकुट, २ पक्राउ

प्रतीकात्मक तस्बिर
माघ ५, २०७५

    काठमाडौं : काठमाडौंको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने ३२ वर्षीय निराजन महर्जनलाई प्रहरीले काठमाडौं महानगरपालिका–१६ ठमेलबाट पक्राउ गरेको हो।

    ठमेलस्थित चाहाना डान्सबारभित्र उनीहरूले तारकेश्वर नगरपालिका–६ गोलढुङ्गा बस्ने ३५ वर्षीय मोहन पुरुवाल र काठमाडौं मनमैजु बस्ने सिन्धुपाल्चोकका २८ वर्षीय रामकृष्ण भण्डारीलाई कुटपिट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    कुटपिटबाट घाइते भएका उनीहरूको मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा उपचार भइरहेको र घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    आगलागी

    काठमाडौँ कीर्तिपुर नगरपालिका–४ सल्यानथान बस्ने ५६ वर्षीय द्वारिका खनालको गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करीब दुई लाख बराबरको धनमाल नष्ट भएको छ।

    यस्तै काठमाडौँ महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित ल्होत्से बहुद्देश्यीय प्रालिद्वारा सञ्चालित गोलघरमा विद्युत् चुहिएर भएको आगलागीमा तीन वटा भोजनालयमा क्षति भएको छ।

    जुवातास खेल्ने पक्राउ

    कागेश्वरी मनहरा नगरपालिका–४ डाँछी नयाँगाउँ बस्ने मनिष श्रेष्ठको घरमा अवैधरुपमा जुवातास खेलिरहेका अवस्थामा मनिष श्रेष्ठसमेत नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद १७ हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले शनिबार जानकारी दिएको छ।

    यसैगरी बूढानीलकण्ठ नगरपालिका–११ कपन पयौँटार बस्ने राधा तामाङको घरमा अवैधरूपमा जुवातास खेलिरहेको अवस्थामा धनुषा जनकपुरधाम–१ घर भएका ३० वर्षीय जीतेन्द्र थापा मगरसहित चार जनालाई नगद १९ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]