समाज : सुरक्षा/अपराध

महोत्सवमा दुई समूहबीच खुकुरी हानाहान, एकको मृत्यु, तीन घाइते

माघ ५, २०७५

    कैलाली : कैलालीको गोदावरी नगरपालिका २, अत्तरियामा खुकुरी प्रहारबाट शनिबार एकजनाको मृत्यु भएको छ। तीनजना घाइते छन्।

    खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए।खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भट्टको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा ल्याउनेक्रममा मृत्यु भएको उनले बताए। 

    एसपी तिमिल्सिनाकाअनुसार घाइते हुनेहरूमा गोदावरी नगरपालिका–१ का सविन कट्टेल, गणेश राई र राजेश नेपाली रहेका छन्। घाइते कट्टेलको सेती अञ्चल अस्पताल तथा राई र नेपालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गोदावरी नगरपालिका १ र वडा–२ का युवाबीच विवाद उत्पन्न भएपछि महोत्सवको गेटनजिकै झडप भएको थियो। खुकुरी प्रहरी गर्ने व्यक्तिको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]