समाज

डोल्पा तीन दिनदेखि सञ्चारविहीन

माघ ६, २०७५

    डोल्पा : डोल्पा तीनदेखि सञ्चारविहीन बनेको छ। शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको हो। जिल्लाको जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय डोल्पाले जनाएको छ।

    रिपिटर टावरमा समस्या देखिएपछि ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन,त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने ल्हा लगाएतका स्थानमा राखिएका जि.एस.एम र सि.डि.एम.ए मोबाइल टावरहरु समेत अबरुद्ध भएका हुन्।

    मौरेमा अवरुद्ध टावर मर्मतकालागि जुम्लाबाट आवश्यक उपकरण सहितको प्राबिधिक टोली पठाइ सकिएकाले मंगलवार सम्ममा सेवा सुचारुहुने नेपाल टेलिकम नेपालगन्जका कार्यकारी प्रमुख सिवराज खनालले बताए।

    दुइवटै मोबाइल सेवासँगै ल्याण्डलाइन टेलिफाने समेत बन्द भएपछि दुनैलगायत विभिन्न स्थानीय तहमा रहेका सरकारी तथा गैह्र सरकारी कार्यालयको कामकाजमा समस्या उत्पन्न भएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]