काठमाडौं : कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। राजकीय भ्रमणमा रहेक...
काठमाडौंः संवैधानिक परिषद्को बैठक आइबार दिउँसो ४ बजे बस्ने भएको छ। विभिन्न आठवटा संवैधानिक निकायका प्रमुख र सदस्य नियुक्ती गर्नका लागि संवैधानिक परिषद्को बैठक बस्न लागेको हो। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुपस्थितिका कारण बैठक बस्न सकेको थिएन। सरकारले
बैठक प्रधामनमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय सिंहदरवारमा डाकिएको प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। आठ वटा नयाँ र केही पुराना संबैधानिक निकायका अध्यक्ष र सदस्य नियुक्ती गर्ने तयारी भएको परिषद स्रोतले जनाएको छ।
संवैधानिक परिषदले नेपालको संविधानले व्यवस्था गरेका थारु आयोग, मुस्लिम, मधेसी, आदिवासी जनजाती, समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, महिला र दलित आयोगका प्रमुख र सदस्यको नियुक्ती गर्ने तयारी भएको गरिएको परिषद्ले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।