समाज

डा. केसीलाई आइसियूबाट क्याबिनमा सारिँदै

माघ ६, २०७५

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट क्याबिनमा सार्ने तयारी भएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई  क्याबिनको ५०२ नम्बर बेडमा सार्ने तयारी भएको सहयोगी किशोर केसीले जानकारी दिए। यसअघि उक्त क्याबिनमा डा. केसीले अनशनले अनशन तोडेपछि राखिने गरिन्थ्यो।

    डा. केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई क्याबिनमा सार्न लागिएको हो। सहयोगी केसीका अनुसार अहिले डा केसीको स्वास्थ्यका केही सुधार देखिएको छ। यद्यपि उनलाई डाक्टहरूले एन्टिवायोटिक दिँदै आएका छन्। आइसियुमा उपचाररत केसीको सेतो रक्तकोषिका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

    यसैबीच, डा. केसीको माग पूरा गर्न दबाब दिन आवासीय चिकित्सकले आइतबारदेखि कालोपट्टी बाँधेर काम शुरु गरेका छन्। आवासीय चिकित्सकको संस्था नेसनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनले शनिबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएको हो। 

    सरकारसँग भएको पछिल्लो सहमतिको कार्यान्वयको माग गर्दै डाक्टर केसी १२ दिनदेखि १६औ पटकको अनशनमा छन्। उनले पुस २५ गते इलाम पुगेर अनशन सुरु गरेका थिए।

    यता, केसीको अनशनको विरोधमा शिक्षण अस्पताल बाहिर प्रदर्शन भएको छ। केसीको विरोधमा अनशन बसेका विद्यार्थी विजय थापाको समर्थकले प्रदर्शन गरेका हुन्। थापा डा केसीको मागविपरीत पुस २७ गतेबाट इलाम नै पुगेर अनशन सुरु गरेका थिए। डा केसी र थापाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सेनाको हेलिकोप्टरबाट शुक्रबार दुबैलाई काठमाडौं ल्याइएको हो।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]