समाज

ब्रेकफेल भएर रामेछापमा बस दुर्घटना

एकको मृत्यु तीनजनाको अवस्था गम्भीर

माघ ६, २०७५

    रामेछाप : जिल्लाको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

    प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका १७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। 

    घाइते हुनेहरूमा रामेछाप जिल्लाका निरोज भुजेल, गौतम भुजेल, नारायण कार्की, सरोज कार्की, भक्तबहादुर भुजेल, इश्वरी महत, युनिषा भुजेल, अजय भुजेल रहेका छन्। त्यसैगरी ओखलढुंगाका नवराज पाण्डे, खड्ग भुजेल, मिलन गुभाजु, चिना माया माझी, अर्जुन तामाङ  बर्दिया जिल्ला घर भएका भोलाराम थारु, बलदेव थारूलगायत १७  जना रहेका छन्।   घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ।

    ओखलढुङ्गाको घोराखोरीबाट काठमाडौं जान लागेको बा४ख४२१० नम्बर अरनिको यातायातको सुपर बस ब्रेक फेल भई  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। ओरालो कालोपत्रे सडकमा गुडिरहेको बसको एक्कासि ब्रेक फेल भएपछि चालकले दुर्घटना हुनबाट जोगाउन सडकको भित्तातिरको गल्छीमा बस उकालेका थिए। बस दुर्घटना हुनबाट जोगाउन गल्छीमा उकाल्दा बस पल्टिएको थियो। बस पल्टिने क्रममा कार्कीलाई बसले किचेपछि घटनास्थलमै मृत्यु भएको थियो।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]