समाज

डा. केसीलाई आइसियूबाट जनरल वार्डमा सारियो

माघ ६, २०७५

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेका अनशनरत डा. गोविन्द केसीलाई आइतबार आइसियुबाट जनरल वार्डमा सारिएको छ। डा केसीले आइसियुमा बस्न नमानेका कारण उनलाई  जनरल वार्डको ५०२ नम्बर बेडमा सारिएको उनका सहयोगी किशोर केसीले जानकारी दिए।

    डा. केसीले आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार उनलाई त्यहाँ सारिएको उनले बताए। यसअघि उक्त बेर्डमा डा. केसीले अनशन तोडेपछि राखिने गरिन्थ्यो।

    सहयोगी केसीका अनुसार अहिले डा. केसीको स्वास्थ्यका केही सुधार देखिएको छ। यद्यपि उनलाई डाक्टहरूले एन्टिवायोटिक दिँदै आएका छन्। आइसियुमा उपचाररत केसीको सेतो रक्तकोषिका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]