धनगढी : नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बमलाई पक्राउ गरिएको छ। अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई हिजो...
सल्यान : दोस्रो चौमासिक सकिन थोरै समय हुँदा समेत जिल्लाका स्थानीय तहले पहिलो चौमासिक प्रतिवदेन बुझाउन सकेका छैनन्। दोस्रो चौमासिकको निकासा लिएर धमाधम काम गर्नु पर्ने समयमा पनि उनीहरूले पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेका हुन्।
जिल्लाका तीन स्थानीय तह शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउँपालिका बाहेक अन्य सात स्थानीय तहले पहिलो चौमासिकको प्रतिवदेन नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ। पहिलो चौमासिकको प्रतिवदेन बुझाउन नसकेपछि दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने कोलेनिका सल्यानका सूचना अधिकारी वृद्धिमान बस्नेतले बताए। उनले भने, 'हामीले मंसिर पहिलो हप्ताभित्र पहिलो चौमासिकको प्रतिवेदन बुझाउन पत्राचार गरेका थियौ। तर एक महिना भन्दा बढी भइसक्दा समेत तीन तहबाहेक अन्यले बुझाउन सकिरहेका छैनन्।'
प्रतिवेदन नबुझाएका अन्य स्थानीय तहका कारण प्रतिवदेन बुझाएका तहलाई रकम निकासा गर्न समेत समस्या भएको बस्नेतको भनाई छ। जिल्लाका सबै तहमा एकैपटक दोस्रो चौमासिक निकासा गरौला भनेर कुरियो तर सात तहले नबुझाउदा बुझाएका तहको पनि निकासा रोकिएको छ उनले भने।
पहिलो चौमासिकभित्र पर्ने साउन, भदौ, असोज र कात्तिक महिनामा कुन कुन योजनाको लागि कति बजेट खर्च भयो? कति बजेट खर्च हुन बाँकी छ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ जस्ता कुरा उल्लेख गरिएको विवरण सहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकको लागि रकम माग गर्नु पर्ने हुन्छ तर पहिलो चौमासिकको प्रतिवेदन बुझाउन ढिलाई हुँदा दोस्रो चौमासिकको रकम निकासा हुन सकिरहेको छैन।
पहिलो चौमासिकको प्रतिवदेन नआएसम्म दोस्रो चौमासिकको रकम निकासा गर्न नमिल्ने सूचना अधिकारी बस्नेतको भनाई छ।
पहिलो चौमासिकमा विकास बजेट खर्च नभएको र तलव भत्तामात्र खर्च भएको अहिले विकास बजेट खर्च भई रहेकाले प्रतिवेदन बुझाउन ढिलाई भएको कुमाख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीले बताए।
पहिलो चौमासिकमा उपभोक्ता समिति गठन, सम्झौता लगायतका कार्य हुने भएकाले विकास बजेट खर्च हुन नसक्ने र साेही बजेट बचिरहेकाले प्रतिवदेन बुझाएर दोस्रो निकासाको माग नगरेको उनको भनाई छ। समुदायमा हुने कार्य अहिले भइरहेकाले केही समयभित्रै कोलेनिकामा पहिलो चौमासिकको प्रतिवेदन बुझाएर दोस्रो चौमासिकको लागि रकम निकासा गरिने अधिकारीको भनाई छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।