राजनीति

संवैधानिक परिषद्को निर्णय : राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगको अध्यक्षमा पाैडेल

File Photo
माघ ६, २०७५

    काठमाडौं : संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षका लागि विभिन्न व्यक्तिहरूलाई सिफारिस गरेको छ। 

    संवैधानिक परिषद्को आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको संवैधानिक परिषद्का सदस्य एवं सभामुख कृष्णबहादुर महराले जानकारी दिए। 

    नेपाल सरकारका पूर्वसचिव पौडेलले यसअघि स्थानीय तह पुनर्संरचना आयोगको नेतृत्व गरेका थिए। यो आयोगको अध्यक्ष नियुक्त गर्न प्रदेश सरकारहरूले संघीय सरकारलाई दबाब दिँदै आएका थिए। पुस मसान्तसम्म यो आयोगको अध्यक्ष नियुक्त गर्ने सरकारको तयारी भएपनि यसअघिका संवैधानिक परिषद् बैठकले नियुक्त गर्न सकेको थिएन।

    त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको संवैधानिक परिषद्ले मधेसी आयोगमा डा. विजय दत्तको नाम सिफारिस गरेको छ। सुवेदी पूर्व अर्थसचिव हुन्।

    थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरिएको छ भने मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]