राजनीति

संसदको बैठक ५ बजे सारियो, कांग्रेसको माग संबोधनको तयारी

असार १४, २०७३

    काठमाडौं :  प्रतिपक्षी नेपाली कांग्रेसको मागमा सहमति नजुटेपछि मंगलबार दिउँसो साढे ३ बजे बोलाइएको  व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ। 

    मंगलबार दिउँसो साढे ३ बजे बोलाइएको बैठक विशेष कारणवश सारिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।

    भूकम्पपीडितलाई २ लाख रुपैयाँ एकमुष्ट राहत दिने सरकारी प्रतिवद्धता नआएसम्म संसद चल्न नदिने अडानमा रहेको प्रतिपक्षी नेपाली कांग्रेसले ४ दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ।

    विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको छ। सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन। 

    सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]