समाज

चार दिनदेखि अबरुद्ध सडक सुचारु

माघ २१, २०७५

    कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहाका बासिन्दाले चार दिनदेखि स्तरोन्नतिको माग अघि सार्दै अबरुद्ध गरेको कलुवापुर बेलौरी सडक साेमबारदेखि सञ्चालनमा आएको छ। 

    सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादुर खड्का, वडा अध्यक्ष, सडक निर्माण ठेकेदार कम्पनीका प्रतिनिधि लगायतको रोहवरमा सडक कालोपत्रे गर्ने कार्य तत्काल शुरु गर्ने सहमति भएपछि आन्दोलित बासिन्दाले सडक सुचारु गर्न सहमत भएका हुन्। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका इन्जिनियर धीरेन्द्र भट्टले भर्खरै मात्र सडक डिभिजन कार्यालयबाट सडक हेर्ने जिम्मा प्रदेश सरकार जिम्मा लगाएकाले सडक निर्माणसम्बन्धी फायल आउन ढिला हुँदा सडक कालोपत्रेको कार्य ढिलो हुन गएको बताए। 

    ‘प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेटको व्यवस्थापन गरी कार्य चालु आब भित्रै सक्ने गरी अगाडी बढाउ छौं’ उनले भने सन्तोषी–थेगिम जेभी ठेकेदार कम्पनीका प्रतिनिधि दीपक जोशीले आजैदेखि सडक निर्माणको कार्य अगाडि बढाउने बताए। सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादु खड्काले असोज महिनादेखि सडक स्तरोन्नतिको कार्य अगाडि बढाउन ठेकेदार कम्पनीसँग सहमति भए पनि सडक डिभिजन कार्यालय केन्द्र सरकारले  प्रदेश सरकार जिम्मा दिएपछि फायल मिलान, हिसाव हेर्न र स्टिमेट हेर्न समय लागेका कारण ढिलाई हुन गएको बताए। 

    ठेकेदार कम्पनीले सडक निर्माणमा ढिलाई गरेकै कारण ठेकेदार कम्पनीले पाउनु पर्ने  एक करोड रोकेका छौं उनले भने, ‘सडक निर्माणका लागि गिट्टी तयार गर्न लगाई सकेका छौं। कागजी प्रक्रिया मिलाउदै गरौला। काम शुरु गर्न भनेका छौं।’ ‘तपाइँले पठाएको प्रतिनिधिको नाताले म पनि यहाँको समस्याकाबारे जानकार भएकाले कार्य छिटो गराउन प्रतिवद्ध छु’ उनले भने।

    पहिलो चरणमा कलुवापुर देखि स्याली नदी सम्म र दोस्राे चरणमा स्याली नदीदेखि बेलौरीसम्म सडक निर्माण गरिने उनले बताए। वर्षौदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका बासिन्दाले सडक निर्माणको कार्य एक वर्षदेखि अलपत्र परेपछि आन्दोलन थालेका हुन्। सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादुर खड्काको पहलमा सडक निर्माणका लागि आन्दोलनमा उत्रिएका बासिन्दाका प्रतिनिधिसहित मुख्य मन्त्रीलाई भेटेपछि सडक स्तरोन्नतिको कार्य अगाडि बढ्ने भएको हो।

    ठेकेदार कम्पनी सन्तोषी–थेगिम जेभीले विसं २०७३ साल भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्ने जिम्मा लिएको थियो। सम्झौता अनुसार सन्तोषी–थेगिम जेभीले २०७५ साल भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो।

    १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म निर्माण कम्पनीले ४ करोड ४४ लाख  रुपैयाँ भुक्तानी लिइसकेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]