समाज

राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना : नेपालीको पहिचान कायम राखौँ

फाइल फोटो
माघ २२, २०७५

    काठमाडौं : राष्ट्रपति भण्डारीले नेपालमा मनाइने चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संवर्धन गर्न सके विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने बताएकी छिन्। 

    सोनाम ल्होछारका अवसरमा शुभकामना दिँदै उनले यो पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमंगकाका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेकी छिन्।

    ‘नेपालसहित सिंगापुर, मलेसिया, भारत, थाइल्याण्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवर्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु’, उनको शुभकामनामा उल्लेख छ।

    यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्। 

    उनले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको बताएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]