छापा

जानकी मन्दिरमा अश्लील नृत्य, ग‌ंगाजल छर्केर शुद्ध पार्न सुझाव

माघ २५, २०७५

    काठमाडौं :  जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

    प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेकाे साे कार्यक्रममा यस प्रकारकाे गीत नृत्य हुँदा पनि कसैले नराेकेकोमा उनीहरूकाे पनि आलाेचना भइरहेकाे छ भन्ने खबर राजधानी दैनिकमा छ। 

    मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन आजभोलि जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यांगनासँग लिपिस्टिक लगाउँदै छ भनी सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका छन्। युवा अभियन्ता दीपक ठाकुरले संस्कार बिगार्ने कार्य गरिएको आरोप लगाएका छन्। उनले जनकपुरधामलाई समाप्त पार्ने छुट कसैलाई नरहेकोसमेत बताए।

    अर्का युवा ओमविक्रम कुश्वाहाले फेरि गंगाजलबाट जानकी मन्दिरलाई शुद्ध पार्नुपर्छ भनी व्यंग्य गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]