काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
हुम्ला: भारी हिमपात पछि गएको हिम पहिरोका कारण हुम्ला कर्णाली नदी रोकिएको छ। हुम्ला जिल्ला नाम्खा गाउँपालिका ६ को लिमीबाटै नआएपछि हुम्ला कर्णाली नदी बन्द भएको हो।
लिमी भ्यालीबाट तुम्कोटतर्फ आउने कर्णाली नदी तुम्कोट नआएको मुचु प्रहरीले जानकारी गराएको प्रहरी नायव उपरीक्षक रबिनकुमार श्रेष्ठले बताए। बाक्लो हिमपातको कारण कहाँ हिम पहिरो गएर हुम्ला कर्णाली नदी रोकिएको हो भन्न नसकिने अवस्था रहेको उनले बताए। सो कारण मुचु भन्नदा तल्लो भेगमा नदीको वहाव घट्दै गएको जानकारी दिए।
हिम पहिरोको कारण नदी रोकिएपछि अहिले सुरक्षा समितिको बैठक जिल्लामा बसिरहेको उनले बताए। तुम्कोट भए आउने लिमि कर्णाली नदीबाट पानी नै नआएको र सिमकोट नजिकको धारापोरीमा पनि दुई फिट पानी घटेको प्रहरीले जनाएको छ। यसबाट हुन सक्ने क्षतिबाट जोगिन नदी किनाराका सबैलाई गाउँपालिका प्रहरी 'एलर्ट' मा राखिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।