समाज

चितवन राष्ट्रिय निकुञ्जमा फेरि भेटियो मृत बाघ

माघ २६, २०७५

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत फेला परेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार जर्नेली र बरण्डाभारबीचको सीतामाईघाट क्षेत्रमा पर्ने राप्ती किनारमा बाघ मृत फेला परेको हो। 

    ‘कति वर्षे भन्ने अनुमान गर्न नसकिए पनि वयस्क उमेरको देखिन्छ,’ ढकालले भने, ‘बाघको शरीरका विभिन्न स्थानमा चोट लागेको छ, अर्को बाघको आक्रमणबाट मृत्यु भएको हुनसक्छ।’ पानीमा तैरिएको अवस्थामा फेला परेकाले बगेर आएको हुन सक्ने भएकाले कुन स्थानमा मृत्यु भयो भन्ने यकिन नभएको ढकालको भनाइ छ।

    निकुञ्जमा माघ २४ गते राति पनि नवलपरासी क्षेत्रको गौडाखासा भन्ने क्षेत्रमा एउटा वाघ मृत फेला परेको थियो। उक्त बाघ पनि अर्को बाघको आक्रमणबाट मृत्यु भएको हुन सक्ने बताइएको छ। दुई वटै बाघलाई कसरास्थित निकुञ्ज कार्यालय राखिएको छ। शनिबार दिउँसो चिकित्सकको टोली पुगेर पोसमार्टम गरेपछि मात्रै मृत्युको कारण खुल्ने ढकालले बताए।

    सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए। गणना भएयता निकुञ्जका दुई वटा बाघको मृत्यु भइसकेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]