राजनीति

चतराधाममा तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव : राष्ट्रपति भण्डारी

माघ २६, २०७५

    सुनसरी : राष्ट्रपति विद्यादेवी भण्डारीले चतरा धामको बिकासका लागी बृहत्तर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले सुनसरीको चतरामा शनिबारबाट सुरु भएको श्रीराम तारक ब्रम्हमहायज्ञको उदघाटनको अवसरमा यस्तो बताएकी हुन्।

    प्राचिन हरिद्वार मानिने सुनसरीको चतराधाम पुग्नुकी राष्ट्रपति भण्डारीले रामानन्द सेवा पीठले निर्माण गरेको भवनसँगै महायज्ञको औपचारिक उदघाटन गरेकी थिइन्। सेवा पीठले साढे आठ करोड लागतमा १२६ कोठा भएका तीनवटा भवन निर्माण गरी राष्ट्रपतिबाट उद्घाटन गराएको हो। महायज्ञ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महायज्ञ राष्ट्रकै लागि गौरवको विषय भएको बताइन्।

    मुलुककै उत्कृष्ठ धार्मिक स्थलका रुपमा रहेको बराहक्षेत्र समिपको चतराधाममा विश्वशान्तिको कामना साथ आयोजित महायज्ञले मुलुकै सान बढाउने मात्र नभई प्राकृतिक वातावरण सुदृढीकरणका हिसाबले समेत महत्वपूर्ण हुने भण्डारीले विश्वास व्यक्त गरिन्।

    कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले पर्यटनसँग जोडेर प्रदेशको समृद्धिको खाका तय गर्दै अघि बढ्ने धारणा राखे। हरित क्षेत्रको अवधारणालाई महायज्ञसँगै जोडेर अघि बढाइने समेत राईले बताए। मुख्यमन्त्री राईले महायज्ञको औपचारिक उदघाटनसँगै हरित प्रदेशको अभियान समेत सुरुवात भएको घोषणा गरे। उद्घाटन कार्यक्रममा ठूलो संख्यामा नेपाल र भारतका हिन्दु धर्मका गुरु तथा साधुसन्त सहितको उपस्थिति रहेको थियो।

    फागुन ७ गतेसम्म चल्ने महायज्ञ अवधिभरमा नेपालसहित भारत र विश्वका अन्य विभिन्न मुलुकबाट साधुसन्तसहित हिन्दु धर्म गुरु लगायतको उपस्थिति रहने महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ सुनसरीले जनाएको छ। सिद्धबाबा डा. कृष्णदासजी महाराजका अनुसार महायज्ञमा १६ करोड हवन गरिने छ।

    महायज्ञका लागि निर्माण गरिएको ९ तले मण्डपमा १०८ वटा हवन कुण्ड निर्माण गरिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]