काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएलमा) रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) ले पहिलो जित निकालेको छ। घरेलु मैदानम...
भद्रपुर (झापा) : नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जुडोकी देविका खड्का वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।
खेलकुद पत्रकार मञ्च झापाले शनिबार साँझ बिर्तामोडमा आयोजना गरेको दोस्रो संस्करणको ‘झापा स्पोर्टस अवार्ड २०७४’ मा नवयुवले फुटबलका विशाल राई (बी) र अनन्त तामाङलाई पछि पार्दै अवार्ड चुमेका हुन्। फुटबलबाट छनौटमा परेका तीनै जना राष्ट्रिय टोलीका सदस्य हुन्। श्रेष्ठ इलामका हुन् भने राई र तामाङ झापाका हुन्।
त्यस्तै, उत्कृष्ट खेलाडी (महिला) तर्फ देविकाले कराँतेकी एस्तर राई र फुटबलकी अन्जिला तुम्बापो सुब्बालाई पछि पार्दै अवार्ड हात परेकी हुन्। एपिएफकी देविका र एस्तर झापाका हुन् भने इलामकी अन्जिला महिला फुटबल राष्ट्रिय टोलीकी गोलरक्षक हुन्। उत्कृष्ट खेलाडी बनेका नवयुगले यामाह कम्पनीको मोटरसाइकल र देविकाले स्कुटी प्राप्त गरे।
त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट ताप्लेजुङका भलिबल प्रशिक्षक तेजप्रताप पतङ्वा सुब्बा सम्मानित भएका छन्। उनलाई नगद ३५ हजार रुपैयाँसहित सम्मान गरिएको छ। उनले इस्ट होराइजन स्कुलको तर्फबाट १० हजार रुपैयाँ समेत प्राप्त गरे।
वर्ष उत्कृष्ट युवा खेलाडीतर्फ एथलेटिक्सका प्रकाश दुनावार (झापा) घोषित भए। उनले एथलेटिक्सकै सविता कार्की (ताप्लेजुङ) र फुटबलकी सम्झना लावती (झापा) लाई पछि पारे। त्यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ क्रिकेटका वीरु श्रेष्ठ अवार्ड पाए। उनले जुडोका गंगा खड्का र बक्सिङका डम्बर लिम्बूलाई पछि परेका थिए।
पिपुल्स च्वाइज प्लेयरको अवार्ड झापा ११ का डिफेन्डर देवेन्द्र तामाङले हात पारे। उत्कृष्ट युवा, प्रशिक्षक र पिपुल्स च्वाइज प्लेयरलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ।
पुरस्कार राशी अखिल नेपाल फुटबल संघका उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्रदान गरेका हुन् भने मोटरसाइकल र स्कुटी झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले प्रायोजन गरेका हुन्।
गत वर्ष झापाका खेलाडीलाई मात्र केन्द्रित गरेर प्रदान गरिएको अवार्ड यस वर्षबाट साविकको मेची अञ्चलका खेलाडी तथा प्रशिक्षकलाई समेटिएर अवार्ड वितरण कार्यक्रम राखिएको खेलकुद पत्रकार मञ्चका अध्यक्ष रमेश समदर्शीले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।