समाज

सुनसरी र उदयपुरका दुर्घटनामा परी २ को मृत्यु, २ घाइते

माघ २८, २०७५

    उदयपुर : प्रदेश १ को सुनसरी र उदयपुरमा भएका दुई दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आइतबार राति भएको सुनसरीको रानधुनी नगरपालिका ४ बैठार चोकमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय शाखाका प्रहरी हवलदार अशोक आचार्यका अनुसार मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्। झुम्काबाट प्रकाशपुरतर्फ जाँदै गरेको बा.५५प. ६४३ नम्बरको मोटरसाइकलले  को२प ४९७५  नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करबाट स्कुटर चालक  रामधुनी ४  बस्ने वर्ष ३५ को कृष्ण परियार गम्भीर घाइते भई उपचारको लागि स्थानीय रामधुनी मेडिकल हुँदै थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलमा सवार चालक सोही स्थान बस्ने वर्ष २० को भुवन चौधरी र वर्ष २० को संजय चौधरीसमेत घाइते भएका हुन्।

    त्यसैगरी, उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीमा बसको ढोकामा उभिएका सह चालकको बिजुलीको पोलमा च्यापिएर मृत्यु भएको आर्चायका जानकारी दिए। साँझ साढे ७ बजे नेपालटारबाट कटारीतर्फ आउँदै गरेको ना५ख ३८८४ नम्बरको बसका सह चालक उदयपुरगढी गाउँपालिका ३ बस्ने वर्ष २१ को रोशन कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। कार्की बसको ढोकामा बसिरहेको अवस्थामा विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई  साइट दिने क्रममा बिजुलीको पोलमा च्यापिएका थिए। च्यापिएर गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागि कटारी अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीको भनाइ छ।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]