समाज : सुरक्षा/अपराध

धनकुटाबाट नेकपाका कार्यकर्ता पक्राउ

File Photo
फागुन ३, २०७५

    धनकुटा : सरकार विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका धनकुटा जिल्ला सदस्य विज्ञान भनिने मोहन ओझा र धनकुटा ६ का निरज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

    विज्ञानलाई धनकुटा नगरपालिका–७ मा रहेको आफ्नै कोठाबाट र निरजलाई धनकुटा–६ बाट पक्राउ गरिएको हो। आवश्यक सोधपुछ र अनुसन्धानका लागि उनीहरुट्ठलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखिएको छ। उनीहरूलाई जिल्ला अदालत धनकुटामा अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

    निःसर्त रिहाई गर्न माग

    यता नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटाले पक्राउ परेका आफ्ना कार्यकर्तालाई निःसर्त रिहाई गर्न माग गरेको छ। नेकपा धनकुटाका इन्चार्ज/सेक्रेटरी चट्टानले विज्ञप्ति जारी गर्दै पक्राउ परेका जिल्ला सदस्य विज्ञान र स्कुले विद्यार्थीलाई रिहाई गर्न माग गरेका हुन्।

    पार्टीले अहिले शान्तिपूर्ण ढंगले संगठन विस्तार अभियान देशैभरि सञ्चालन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘संसदीय व्यवस्थामा रमाउनेहरुको सामाजिक दलाल सरकार गृह प्रशासन मातहत धनकुटा प्रहरीले विनाकारण गिरफ्तार गरेको छ। यस गैर न्यायिक गिरफ्तारको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ।’ पक्राउ परेका कार्यकर्ताको निःशर्त रिहाई नगरे सशक्त संघर्षमा जाने विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]