अर्थ

६ महिनामा सवा दुई अर्ब राजस्व

फागुन ४, २०७५

    हेटौँडा : आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा सवा दुई अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष  ०७५\७६ को पुस मसान्तसम्ममा दुई अर्ब २६ करोड ७४ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।  

    अन्तःशुल्कतर्फ सबैभन्दा बढी १ अर्ब ३७ करोड ७३ लाख ९८ हजार रुपैयाँ राजस्व असुली गरेको जनाइएको छ। आयकरतर्फ ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ २५ लाख ५२ हजार चार सय रुपैयाँ प्राप्त भएको छ। घर बहालतर्फ १५ लाख ९३ हजार रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ। त्यस्तै स्वास्थ्य करतर्फ  १० लाख १३ हजार चार सय र शिक्षा करतर्फ १८ लाख ९७ हजार रुपैयाँ राजस्व असुली गरिएको आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत सन्त ढकालले जानकारी दिए। 

    यो अवधिमा हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित गोर्खा लहिरी (चुरोट) उद्योग प्रालिले सबैभन्दा बढी राजस्व बुझाएको छ। उसले ६१ करोड ९० लाख रुपैयाँ र एशियन पेन्ट्स प्रालिले २६ करोड ९१ लाख राजस्व बुझाएको छ।

    नेपाल ब्रुअरी प्रालिबाट  २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड सात लाख रुपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढकालले बताए।

    हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गर्दा वक्यौता रहेको करमध्येबाट ८९ करोड ६० लाख रुपैयाँ उठाइएको कार्यालयले जनाएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]