समाज

साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता

फागुन ४, २०७५

    दाङ : तुलसीपुर उपमहानगरपालिकाले आठ सय ४४ सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको छ। उपमहानगरपालिकाले चालु आर्थिक वर्षका माघसम्म उक्त भत्ता वितरण गरेको हो।

    मातृशिशु मृत्युदर कम गर्ने कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए। एक जना सुत्केरीलाई अस्पतालबाट ९०० र उपमहानगरपालिकाले चार हजार १०० भत्ता दिइँदै आइएको छ। जसअनुसार माघसम्म १९ लाख ८९ हजार रुपैयाँ वितरण गरिएको छ।

    सुविधा प्राप्त गर्न चार पटक अस्पतालमा गई गर्भ जाँच गराएको तथा अस्पतालमै सुत्केरी भएको हुनुपर्ने प्रावधान छ। यस्तै, सुत्केरी भएको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने प्रावधान राखिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]