अर्थ

खाद्य सुरक्षाको लागि प्रयाप्त बजेट आवश्‍यक : योजना आयोग

फागुन ६, २०७५

    काठमाडौं: राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि प्रयाप्त बजेटको आवश्य कता रहेको औल्याएको छ। योजना आयोगले सोमबार “शुन्य भोकमरी तर्फ नेपाल: खाद्य सुरक्षा र पोषणको रणनीतिक समिक्षा” सार्वजनकि गर्दै यस्तो औल्याएको हो। 

    भोकमरी शुन्य मुलुक बनाउने दीगो विकासको लक्ष्य  पूरा गर्न यस क्षेत्रमा प्रयाप्त लगानी र बजेट आवश्यककता रहेको औल्याएको हो। प्रतिवेदनले भोकमरी अहिलेको अवस्था खाद्य सुरक्षाको अवस्था लगायतको विषयमा केलाएको छ। प्रतिवेदनको सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले खाद्य पहुँच र उपलब्धताको प्रवर्द्धन गर्न सहयोग पुग्नेत बताए। अर्धविकसित देशको मुख्यसमस्या भोकमोरी तथा कुपोषण भएको बताउदै मन्त्री यादवले नेपालमा यस्ता समस्याको समधान गर्न सकरकार केन्द्रित भएको बताए। 

    उनले ६७ प्रतिशत उत्पादन तत्काल उपभोगमा खर्च हुने बताउदै सुधार्न आवश्यपक रहेको बताए।प्रतिवेदन अनुसार नेपाल खाद्य सुरक्षा विगतको तुलनामा सुधार आएपनि जोखिम कायम नै रहेको बताइएको छ। सन् २००१ मा पोष्टिक मात्र नपुगेर कुपोषण लाग्नेु २१ प्रतिशत रहेकोमा १५ वर्षमा सन् २०१६ मा  आठ प्रतिशतमा झरेको छ भने खानाको व्यालेन्स नमिलेर वा अधिक पौष्टिक भएर लाग्ने कुपोषण ५७ प्रतिशत रहेकोमा २०१६ मा ३६ प्रतिशतमा झरेको छ। 

    राष्ट्र संघीय आवसीय प्रतिनिधि  भलरी जुलियान्डले नेपालको भौगोलिक अवस्थाको कारण खाद्य सुरक्षामा केही समस्या देखिएपनि सुधारउन्मुख रहेको बताइन्। उनले संघीयता कार्यन्वयनसँगै खाद्य सुरक्षामा सहयोग पुग्ने उल्लेख गरिन्।

     राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले स्थानीय तहमा अहिले पनि खौ रक्षाको कार्यक्रम पहिलो प्राथमकितामा नपरेको भन्दै पार्नु पर्नेब ताए। उनले तीनै तहका सरकार र निजी क्षेत्र तथा दातृ निकायहरू बीच समेत सरकारको सम्वन्वयन आवश्य्क रहेको उल्लेख गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]