समाज : सुरक्षा/अपराध

अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने पक्राउ

फागुन ७, २०७५

    काठमाडौं : अमेरिका जान नक्कली शैक्षिक प्रमाण पत्र बुझाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका निखिल पराजुली रहेका छन्।

    पराजुलीलाई अमेरिकाले लिँदै आएको 'डाइभर्रसिटी' भिषा (डिभी) परेको र अमेरिका जान अमेरिकन दूतावासमा नक्कली शैक्षिक प्रमाण पत्र बुझाएको पाइएपछि उनी पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

    पराजुलीलाई महाशाखाको टोलीको मंलबार महाराजगंजबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको  महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]