समाज : सुरक्षा/अपराध

सात महिनामा महिला हिंसाका १६९ उजुरी

फागुन ८, २०७५

    कपिलवस्तु : कपिलवस्तुमा पछिल्लो समयमा महिला हिंसाका घटना बढेको छ। राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म महिला हिंसाका १६९ वटा उजुरी परेको छ। 

    राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का उपसचिव पवन भट्टका अनुसार उक्त तथ्यांकमा हिंसामा पर्नेहरु अझै छुटेको बताए। विभिन्न हिंसामा परेर पनि महिलाले हिंसा सहने हुँदा धेरै घटना बाहिर नआएको उनको भनाइ छ। 

    शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाहरु हिंसाविरुद्ध अन्तिम अवस्थामा मात्रै प्रहरीकोमा उजुरी गर्न जाने भएकाले तथ्यांक निकै कम देखिएको बताइन्। धेरैजसो हिंसाका घटनाहरु परिवारको दवाबमा प्रहरीकहाँ नपुगी मिल्ने गरेको उनको भनाइ छ। पछिल्लो समय न्यायिक समिति गठन भएपछि हिंसाका घटना बाहिर आउन थालेको उपप्रमुख थारुले बताइन्।

    महिला हिंसामन घटनामध्ये १० प्रतिशत मात्रै बाहिर आउने गरेको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष मीना परियारले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]