समाज

हिमपातले याकचौरी मरेपछि व्यवसायी मर्कामा

फागुन ८, २०७५

    मनाङ : हिमाली जिल्लाको पहिचानको रुपमा रहेको याकचौरी र यसै पेसाबाटा गुजारा चलाउँदै आएका चौरी पालक किसानहरु अहिले रुनु न हाँस्नु भएका छन्। महिनौ दिन सम्म लगातार परेको हिमपातले  याकचौरी मर्न थाले पछि रुनु न हाँस्नु भएका हुन्। मनाङ जिल्लामा रहेका चैरी गोठहरु हिउँले पुरीएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा याकचौरी लडेर मरेका हुन्। मनाङ जिल्ला भरी करीव १५ सय देखी २ हजार संख्याको हाराहारीमा रहेका याकचौरी के कति सहि सलामत छन् भन्ने एक्नि तथ्यांक भने आएको छैन। कति जिउँदै बेपत्ता छन् भने केहि मरेको लास भेटिन थालेको छ।  मथिल्लो भेगमा रहेकाहरु काहाँ कस्तो अवस्थामा छन् भन्ने अत्तो पत्तो छैन।

    तल्लो भेगमा चामे गाउँपालिका र नासों गाउँपालिकामा रहेका याकचौरीहरु चार सय जति बेपत्त छन् भने ६० वटा भन्न बढि मरेका चौरी पालक सुरेस थकालीले बताए। उनका अनुसार नासों गाउँपालीकामा रहेका नाचेगाउँका बलबहादुर गुरुङ र कासीराम गुरुङको गोठा बाट २ सय याकचारी हराएका छन् । तिनीहरुको खोजिकार्य जारी रहेको छ। त्उस्तै तिमाङको बनमा रहेको पासाङ लामाको ३५ वटा तिल्चेको लेकबाट ङिमा आेंगेल पुनेलर धर्मजङ गुरुङको ६० वटाको अवस्थ अज्ञात रहेको थकालीले बताए।

    एउटै चौरीको १ लाख २० हजार भन्दा बढि मुल्य पर्ने याकचौरी हराउँदा र मर्दा जो कसैले  मन थाम सक्ला र ?  धनवहादुर गुरुङले भने। केही गरौला भनी पुर्खौली पेसा अंगालेका हौ। खै दैब लागेपछि कस्को के नै लाग्दो रहेछ ? उनका भनाइ अनुसार ५ वटा त अाँखा अगाडी नै मरे तर अरु त जिउँदै छन् कि मरीसके केही अत्तो पत्तो छैन। हिमपातले न खोज्न जान सकिएको छ। न त उनिहरुनै फर्किएर गोठमा आउँछन्।

     हराएका चौरीको चिनोखोट नै भेटाउन सकिएको छैन। हिउँले पुरीएर बसेका छन् की कतै भिरमा खसे केही अत्तो पत्तो भएन  अर्का चारीपालक धर्मजङ गुरुङले बताए। उनका अनुसार जिउँदै भए पनि यतिका दिन सम्म भोकभोकै मरीरके होलान्। खोज्नका लागि पनि दिन दिनै जस्तो हिमपात भइरहेको छ। हिँडडुल गर्न नै गाहो छ। कसरी जाने ? चारी पालकहरुका अनुसार हिमपातले करेडौको भन्दा बढि नोक्सान पुराएमो छ।

     तल्लो मनाङ ताल, नाचे, तिल्चे आडार र तिमाङ लगयतका ठाउँमा मात्रै रहेको तथ्याकं हो। माथिल्लो भेगमा त झन कस्तो छ थहा छैन। हिउँपर्न रोकिए पछि मात्र यक्किन तथ्याकं आउने चौरी पालक थकालीले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]