समाज

बेचबिखन गर्न भारत लगिएका १७९ नेपालीलाई काठमाडौं ल्याइयो

Representative Photo
फागुन ८, २०७५

    काठमाडौं : भारतको मणिपुरहुँदै अवैध बाटोबाट तेस्रो मुलुकतर्फ लैजाने लागिएकाबेला उद्धार गरिएका १७९ जना नेपाली नागरिकलाई बुधबार काठमाडौं ल्याइएको छ।

    मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा पुर्‍याइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो।

    भारत सरकार तथा स्थानीय संघसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरूको गत माघ २३ गते उद्धार गरिएको थियो।

    मंगलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरूलाई आज काठमाडौं ल्याएको प्रहरीप्रधान कार्यालयले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]