समाज

आन्दोलनरत सरकारी चिकित्सकले राजीनामा संकलन गर्दै

फाइल फोटो
फागुन ९, २०७५

    काठमाडौं : सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकले आज राजीनामा संकलन गर्दै छन्। यसअघि आन्दोलनरत चिकित्सकहरू बुधबारदेखि सामूहिक बिदामा पनि बसेका छन् भने बिहीबारबाट थप सेवाहरु पनि बहिष्‍कार गर्ने सरकारी चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए।

    प्रतिनिधिसभाबाट पारित विधेयकले आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै देशभरका चिकित्सकहरुले विधेयक सच्याउन सरकारलाई दबाब दिँदै एक हप्ते आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। उनीहरूको पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार चिकित्सकहरुले राजीनामा संकलन गर्न लागेका हुन्। चिकित्सको आन्दोलनका कारण उपचारका लागि देशभरका सरकारी अस्पताल पुगेका बिरामीले सास्ती पाएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]