समाज

करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

फागुन ९, २०७५

    ओखलढुंगा : करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका २ ठुलाछापमा ट्रन्समिटर अपग्रेड गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो। 

    जिल्लामा ग्रामीण विधुतीकरणका लागी ठुलाछापमा रहेको १५ केभिको ट्रान्समिटर भएको ठाउँमा २५ केभिको ट्रान्समिटर फेर्ने क्रममा सिद्धिचरण नगरपालिका १२ स्थायी घर भएका वर्षीय २९ का जनक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए। घटना पश्चात उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा पुर्‍याउँदा डाक्टरले गुरुङको मृत्यु भइसकेको घोषण गरेका थिए।

    गुरुङ २०७२ देखि नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण शाखामा दैनिक ज्यालादारीमा काम गर्दै आएको विद्युत् प्राधिकरण ओखलढुंगाले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]